काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भुमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताउनुभयो । उहाँले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,‘सबै राजनीतिक दलहरुले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भुमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’
अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।





