सुनकाे मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतिताेला दुई लाख ९५ हजार एक सय | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सुनकाे मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतिताेला दुई लाख ९५ हजार एक सय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार चार सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार एक सय कायम भएकाे छ । जुन हालसम्मकै बढी हाे ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार सात त्यति नै चाँदीको मोल पाँच हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो।

 

Leave a Reply