काठमाडाैं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताउनुभएको छ । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुग्नुभएका अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताउनु भयो । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उहाँको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भएपनि झडप नभएको बताउनु भयो । अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताउनु भयो ।




