दक्षिण अफ्रिकामा सवारी दुर्घटनाः मृतकको संख्या १३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

दक्षिण अफ्रिकामा सवारी दुर्घटनाः मृतकको संख्या १३ पुग्यो

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै विद्यालयको सवारी साधन र ट्रक आपसमा ठोक्किँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य चार विद्यार्थीहरू गम्भीर घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । दक्षिण अफ्रिकाको भान्डरबियलपार्कमा सोमबार बिहान विद्यालयको सवारी साधन र ट्रक आपसमा ठोक्किएका थिए ।

प्रारम्भिक अनुसन्धानकाअनुसार विद्यालयको सवारी साधनले अन्य कारहरूलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटना भएको मिनीबसको क्षमता १४ जनाको भएतापनि त्यसमा १७ जना विद्यार्थीहरू सवार रहेको र क्षमताभन्दा बढी यात्रु राखेको पाइएको छ । दुर्घटनामा दुवै सवारीका चालकहरू जीवित रहेका छन् र मिनीबस चालकमाथि लापरवाहीपूर्ण हत्याको अभियोगमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । गौतेङका प्रिमियर पन्याजा लेसुफीले निजी विद्यालय यातायात क्षेत्रमा कडा नियमनको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

Leave a Reply