कांग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

कांग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ : विश्वप्रकाश शर्मा

काठमाडाैं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताउनुभएको छ । आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले काँग्रेस एकिकृत रहेको बताउनुभयो ।

उहाँले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गर्नुभयो । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उहाँको भनाई छ । उहाँले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनैपनि कानून आकर्षित नहुने उल्लेख गर्नुभयो । विशेष महाधिवेशन प्रतिनिधिहरुले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उहाँको भनाइ छ ।

उहाँले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाउनु भयो । उहाँले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताउनुभयो । आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उहाँको विश्वास छ । उहाँले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताउनुभयो ।

उहाँले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गर्नुभयो । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उहाँको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरुले गरेको उहाँले बताउनुभयो । विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उहाँले बताउनुभयो ।

Leave a Reply