काठमाडाैं । नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ । शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो ।
उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षर कर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताउनुभयो । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताउनु भयो । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उहाँको भनाइ छ ।
गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ ।





