कुर्द नेतृत्वको लोकतान्त्रिक बलले सिरियाकाे स्थिरतामा खलल पुर्याएकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

कुर्द नेतृत्वको लोकतान्त्रिक बलले सिरियाकाे स्थिरतामा खलल पुर्याएकाे आरोप

एजेन्सी । टर्कीका विदेशमन्त्री हाकान फिदानले  कुर्द नेतृत्वको सिरियाली लोकतान्त्रिक बल (एसडीएफ) ले सिरियाको स्थिरतामा खलल पुर्याएको र इजरायलसँग समन्वय गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद अल बुसैदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै फिदानले एसडीएफले राष्ट्रिय एकताको समयमा इजरायलको ‘विभाजन र शासन’ नीतिको औजारको रूपमा काम गरिरहेको टिप्पणी गर्नुभयो ।

टर्कीले अमेरिका समर्थित एसडीएफलाई आतंकवादी संगठन मान्दछ र यसलाई कुर्दिस वर्कर्स पार्टी (पीकेके) को विस्तारित अंगको रूपमा हेर्दछ । जसले सन् १९८४ देखि टर्की विरुद्ध सशस्त्र अभियान चलाउँदै आएको छ । यसैबीच टर्कीको रक्षा मन्त्रालयका प्रवक्ता जेकी अक्तुर्कले सिरियाको सुरक्षा हाम्रो सुरक्षा हो भन्दै आवश्यक परेमा सिरियाली सेनालाई सहयोग गर्ने बताउनुभएको छ ।

अलेप्पोमा मंगलवारदेखि शुरु भएको पछिल्लो झडपमा कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ भने हजारौं मानिस सुरक्षित स्थानतर्फ पलायन भएका छन् । दुवै पक्षले हिंसा र नागरिकको सुरक्षामा खतरा उत्पन्न गराएको भन्दै एकअर्कालाई दोषारोपण गरेका छन् ।

Leave a Reply