काठमाडौं,२९ माघ । नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको छ । समाचरमा लेखिएको छ, परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कनुनी प्रक्रिय नै पूरा नगरी संस्था नविकरण गराएको पाइएको छ ।
रेडक्रसक यस्ता कार्यले समाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ । यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो ।आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।




