काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्तहरुको वृहत समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ । पेरिसडाँडामा भएको परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको सन्दर्भमा पहलकदमी लिनुनर्पे र संविधान, परिवर्तन, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक सिद्धान्तको रक्षाका लागि यसका संवाहक शक्तिहरु एक हुनुपर्ने समय रहेको बताउनुभयो ।
उहाँले आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुने पनि जानकारी दिनुभयो । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको बताउनुभयो ।
उहाँले पार्टीका संयोजक दाहाल पार्टीको कार्यक्रमका लागि भारत भ्रमणमा जानुभएको बताउनुभयो ।





