विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेस कार्यसम्पादन समितिकाे निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेस कार्यसम्पादन समितिकाे निष्कर्ष

काठमाडाैं । केन्द्रीय कार्यसम्पादन समिति बैठकको बहुमतले विशेष महाधिवेशनको औचित्य नै समाप्त भएको निष्कर्ष निकालेको छ । २६–२८ पुसका लागि यसअघि निर्धारित तालिका परिवर्तन गरेर २८–३१ वैशाखमा महाधिवेशनको निर्णय पनि बहुमतबाट गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ? भन्दै प्रश्न गर्नुभयो । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख अन्तिम साता गर्ने निर्णय गरेपछि त्यसमा फरक मत राख्दै थापाले पार्टी सभापति देउवालाई लक्षित गर्दै विशेष महाधिवेशनको व्यवस्था किन राखेको भनेर प्रश्न गर्नुभएको हो । थापाले कार्यकर्ताहरुलाई वैशाखमा महाधिवेशन हुन्छ भनेर घर गएर नसुत्न भन्दै पुस मसान्तभित्रै विशेष महाधिवेशन हुने दाबी गर्नुभयो ।

बैठकले नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप गरेको छ । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।

Leave a Reply