'विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार' | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

‘विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार’

काठमाडाैं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् । विशेष महाधिवेशन पक्षहरुले शुक्रवार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।

विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताउनुभयो । नेपाली काँग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प नभएको उहाँले बताउनुभयो । लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान नैतिक अधिकार कांग्रेससंग नहुने उहाँले बताउनुभयो ।

विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरुको भनाइ छ । उनीहरुले पार्टी विभाजन गर्ने पक्षमा आफूहरु नरहेको पनि बताएका छन् ।

Leave a Reply