रुकुमपुर्व, २८ माघ । रुकुमपुर्वको सदरमुकाम रुकुमकोटमै राख्न माग गर्दै दुईसाता देखिको आन्दोलनले जनजिवन प्रभावित भएको छ । सरकारले रुकुमपुर्वको सदरमुकाम रुकुमकोटबाट गोलखारामा सार्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीयले सरकारले निर्णय फिर्ता नलिएरसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलकारीले यातायात चल्न दिएका छैनन् भने बजार दैनिक २ घण्टा मात्र खोल्न दिने गरेका छन् ।
सरकारले माघ ११ गते रुकुमकोटबाट सदरमुकाम पुथाउत्त गोलखारामा सार्ने निर्णय गरेको थियो ।