छिमेकीसँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक विकासलाई तीव्रता दिने ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

छिमेकीसँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक विकासलाई तीव्रता दिने ओलीको प्रतिबद्धता

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक विकासलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज काठमाडौंमा नेपाल व्यवस्थापक संघको ३७ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मुलुकको समृद्धिका लागि आफूले छिमेकीसँगको सम्बन्ध अझै अनुकुल बनाउन चाहेको बताए । मुलुकलाई समृद्ध बनाउन स्थिर, स्थायीत्व र शान्ति आवश्यक पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागिहरुले नेपालका १ करोड ५९ लाख १० हजार मानिस आर्थिक रुपमा सक्रिय रहेको भन्दै यसलाई संघीय संरचनाले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिए । उनीहरुले सबै प्रदेशमा सहकार्य गर्दै आर्थिक विकासको एजेण्डालाई सफल बनाउनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);