सुनकाे मूल्य हालसम्मकै उच्च, प्रतिताेला दुई लाख ६८ हजार रूपैयाँ | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सुनकाे मूल्य हालसम्मकै उच्च, प्रतिताेला दुई लाख ६८ हजार रूपैयाँ

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार एक सय र चाँदीको मूल्य  चार हजार चार सय २० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

गत आइतबार छापावाल सुन प्रतितोला  दुई लाख ५८ हजार तीन सयमा मा र चाँदी  चार हजार एक सय पाँचमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन  दुई लाख ६१ हजार सात  सय पुग्यो भने चाँदी  चार हजार २ सय ३५मा कारोबार भएको थियो ।

मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य  दुई लाख ६७ हजार २ सय  र चाँदी  चार हजार २ सयि ५५ मा किनबेच भएको थियो ।

Leave a Reply