महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– ‘कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– ‘कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्’

काठमाडौ।

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो । उहाँले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।  उहाँले संस्थापन पक्षबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply