सुख्खा याममा वन डढेलोको प्रमुख कारण मिचाहा वनस्पती | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

सुख्खा याममा वन डढेलोको प्रमुख कारण मिचाहा वनस्पती

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताउनुभएको छ ।  ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गर्नुभयो । चरणक्षेत्रहरुमा गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र  राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको जिकिर गर्नुभयो । जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको पनि बताउनु भयो । मिचाहा वनस्पती वनभित्र सुख्खा याममा वन डढेलोको प्रमुख कारक भएको उल्लेख गर्नुभयो ।

मन्त्री परियारले वाह्य मिचाहा प्रजातिले स्थानीय जैविक विविधता, पारिस्थितिक प्रणाली, कृषि उत्पादन तथा पशुपालन र मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको बताउनुभयो । मिचाहा प्रजातिले पार्ने नकारात्मक प्रभाव वर्षेनी बढ्दै गएको बताउनुभयो ।

Leave a Reply