काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशाेक परेकाे छ । साहका बुवा रामनारायण साहको आज (सोमबार) मध्याह्न निधन भएको हाे।
केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे र उपचारकाे क्रममा आज निधन भएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ । अस्पतालका अनुसार पिसाबमार्गको संक्रमण गम्भीर बन्दै गएपछि अवस्था जटिल बनेको र उनी आइतबारदेखि बेहोस अवस्थामा थिए।
दिवंगत साह आयुर्वेद चिकित्सक थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।





