फागुन २१ काे प्रतिनिधि सभा निर्वाचनमा एक सय २० पार्टीले भाग लिने | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

फागुन २१ काे प्रतिनिधि सभा निर्वाचनमा एक सय २० पार्टीले भाग लिने

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन एक सय २० राजनीतिक दल निर्वाचनमा आयोगमा दर्ताभएका छन् । आयोगमा दर्ता भएका एक सय ४३ दलमध्ये एक सय २० वटाले मात्र निर्वाचनमा प्रतिस्पधा गर्न दल दर्ता गराएका हुन् ।

बाँकी २३ दल भने आयोगमा दर्ता भएर पनि निर्वाचनमा नलड्ने भएका हुन् ।

जेन–जी आन्दोलनपछि नयाँ दल दर्ताको निवेदन दिएका ३७ मध्ये २५ वटाले मात्रै चुनावमा जान पाउने भएका छन् । बाँकी १२ दल आवश्यक कागजात पुरा नगर्दा दर्ता हुन सकेनन् ।

निर्वाचन आयोगले मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोके पनि नयाँ दल दर्ता प्रक्रियामा रहेकालाई मध्यनजर गर्दै आइतबारसम्मका लागि दल दर्ता गर्न सकिने समय लम्ब्याएको हो । तर चार दिनसम्म पनि १२ दलले कागजात नपुर्याएपछि निर्वाचनमा भाग लिन नपाउने भएका छन्।

Leave a Reply