गैरआवासीय नेपाली संघको एकता घोषणा आज, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

गैरआवासीय नेपाली संघको एकता घोषणा आज, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन

काठमाडाैं । लामो समयदेखि विवाद र विभाजनमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अब एकीकृत हुने भएको छ । संघको आज काठमाडौमा एकता घोषणा कार्यक्रम गर्न लागिएको हो ।

करिव चार वर्षदेखि विभाजनमा रहेको गैरआवासीय नेपाली संघ विभाजनमा रहेको छ । हाल विभाजित संघमा डा. बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका छन् । १० औँ महाधिवेशनबाट शुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो । हाल दुवै संघका अध्यक्ष संघलाई एकतावद्ध गर्न तयार भएका छन् ।

डा. केसी नेतृत्वका संघका उपमहासचिव तथा वार्ता समिति सदस्य सोम सापकोटाले करिव चार वर्षदेखि चल्दै आएको आन्तरिक विवाद अन्त्य गरि संघले आईतवार वृहत एकता घोषणा गर्न लागेको जानकारी दिनुभयो । सापकोटाकाअनुसार आईतवार प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा वृहत एकता घोषणा हुन लागेको हो । एनआरएनए विदेशस्थित नेपालीहरूको साझा संस्था भएकाले यसको दर्ता परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको कारण उहाँर्क पस्थितिमा एकता घोषणा गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो । उहाँले गैरआवसीय नेपालीहरुको दबाब र ईच्छाअनुसार नै एकता गरिएको जानकारी दिनुभयो । उहाँले १० औँ महाधिवेशनमा पञ्जीकृत सदस्य र प्रतिनिधि निर्धारण सम्बन्धि विधानको पालना गर्न नसक्दा विवाद उत्पन्न भएको जानकारी दिनुभयो । विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहेपनि केही देशमा उक्त प्रक्रिया अवहेलना गरिएको उहाँको भनाई छ । यसले विवादलाई जटिल बनाउँदै लगेर विभाजनसम्म पु¥याएको उहाँले बताउनु भयो ।

उहाँले राजनितिक प्रभाव, व्यक्तिगत ईगो र केही त्रुटिहरु सम्बोधन गर्न नसकेर अरुलाई दोष दिन थाल्दा संघमा विभाजन भएको उल्लेख गर्नुहुँदै विभाजले कसैलाई पनि फाईदा नपुगेको बताउनुभयो । संगठनमा भएको विभाजनले संगठनका साथै देशलाई पनि ठुलो घाटा लागेको उहाँको भनाई छ । छोटो समयमा संघले गैरआवासीय नेपाली र राज्यले गरेको विश्वासलाई चुक्न नदिन फेरि एक हुने वातावरण निर्माण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एकताको महसुस गरेर नै दुबै समुहका अध्यक्षहरु, संघका पुर्व पदाधिकारीहरुको छलफलले एकता वार्ता समितिको गठन गरी संघलाई एकतावद्ध बनाउन लागेको बताउनु भयो । उहाँकाअनुसार एकताका लागी दुवै समुहबाट ३/३ जनाको वार्ता समिति बनाईएको थियो । उक्त समितिले सबै विवाद समाधान गरेको र नमिलेका केही विषयहरु अध्यक्ष केसी र श्रेष्ठले मिलाएर एकताको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले अब कहिल्यै नफुट्नेगरि एकता हुन लागेको बताउनु भयो ।

उहाँले सबैको सहभागीता र अस्तित्व हुनेगरी एकता गर्न लागिएको बताउनुभयो । उहाँकाअनुसार १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने, १२ औँ महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ । साथै गैरआवसीय नेपाली संघको सदस्यतासम्बन्धी एमआईएस सिष्टमलाई परिमार्जित गर्दै लाने कुरामा पनि सहमति भएको उहाँले जानकारी दिनुभयो ।

RAW.00_24_41_20.Still002.jpg
एनसीसी विवाद मिलाउन समय दिइने, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन
संघको अन्तराष्ट्रिय सम्वन्वयन परिषद्मा देखिएको विभाजनपछि केही केही देशमा एनसीसी (राष्ट्रिय समन्वय परिषद्) हरू पनि विभाजित बनेका छन् । दुई वटा एनसीसी रहेका देशमा एकता प्रक्रियाका लागी समय दिईने दिइने सापकोटाले बताउनुभयो । उहाँले संघमा सदस्यता लिनको लागी पनि समय थप गरिने जानकारी दिनुभयो ।

उहाँले फुटेका तथा हालको विभाजनमा रहको सदस्यहरूलाई संघको एमआईएस प्रणालीमा जोडिन आग्रह समेत गर्नुभयो । उहाँले विधानअनुसार सदस्यता लिएका र पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी गराइने र कसैलाई अन्याय नहुने दाबी गर्नुभयो । उहाँले फेब्रुअरी अन्तिममा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। उहाँका अनुसार स्टेयरिङ कमिटीले नै निर्वाचन सञ्चालन गर्नेछ । १२औँ महाधिवेशनले एनआरएनएको साख पुनः स्थापित गर्ने उहाँको दाबी छ ।

उहाँले समग्र गैरआवासीय नेपालीको ईच्छाअनुसार भएका कमीकमजोरीहरुलाई सुधार्दै अब एनआरएनए एकतावद्ध भएको दाबी गर्नुभयो ।

Leave a Reply