देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ

काठमाडाैं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले निर्वाचनमा वुद्धि विवेक पुर्याएर नेतृत्व छान्न समेत आग्रह गर्नुभयो । निर्वाचनको समयमा वुद्धि विवेक नपुर्याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएपनि विकासको नेतृत्व गर्न भने असफल भएको बताउनुभयो । उहाँले अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply