सुरेश रजकलाई पत्रकार शहीद घोषणाका लागि पहल गर्छु : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सुरेश रजकलाई पत्रकार शहीद घोषणाका लागि पहल गर्छु : सञ्चारमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा स्व. रजककी श्रीमती सूजन मगियालाई सरकारको तर्फबाट रोजगारी दिँदै यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्नुपर्ने आफ्नो माग रहेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने बताउनुभयो । सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।

मन्त्री खरेलले सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनैपनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

स्व. पत्रकार रजकको शालिक बनाउने प्रक्रिया पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा सरकारले निर्णय गर्ने बताउनुभयो । सुरेकोमात्रै छानविन गर्ने घटना नभएको भन्दै घटनाको अन्य सबै कुराहरुको बारेमा अध्ययन हुनुपर्ने बताउनुभयो ।

Leave a Reply