काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर जबराले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै महामन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले विश्वका कतिपय विकसित देशहरूले समेत राजसंस्थालाई कायमै राखेको उदाहरण दिँदै नेपालमा पनि संवैधानिक राजसंस्था अपरिहार्य रहेको तर्क गर्नुभयो । उहाँले मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको जिकिर गर्नुभयो ।
उहाँले विगतमा समेत राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्रय कायम गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह समेत गर्नुभयो ।





