पहिरोमुनि बास, दिनरात त्रास | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

पहिरोमुनि बास, दिनरात त्रास

काठमाडौं, २७ माघ । सिन्धुपाल्चोक ह्रबिसे नगरपालिकाको घुम्थाङ खिम्बु डॉडागाउँकी दिलमाया तामाङको हाँसो खोसिएको धेरै भयो। भूकम्पले गाउँ माथि पहिरो जान थालेपछि उनले कहिल्यै आनन्दको श्वास फेर्न पाइनन्।

‘कहाँ जानु, अन्यत्र कतै जग्गा छैन,’ धस्सिएको ढिस्को देखाउँदै उनले भनिन्, ‘भएको पुख्र्यौलीजग्गा सबै यहीं छ, छाडिगए झनै अलपत्र परिन्छ।’उनलाई रातदिन पहिरोकै डर छ। अन्यत्र जग्गा नभएकाले कहीं नगएको तामाङले सुनाइन्।

विस्थापित भएर अन्यत्र जानुभन्दा उनले पहिरोले छोपेकै जग्गा खोस्रेर तरकारी लगाएकी छन्।‘कमाउने बाटो निकाल्नुपर्‍यो, त्यत्तिकै बसे बाँच्न गाह्रो हुन्छ,’ उनले भनिन्।पहिरोको त्रासले बर्खामा भाग्नुपर्ने बाध्यता आएपछि डॉडागाउँ तल्लो थामी टोलका विक्रमथामीले घर बनाएका छैनन्। ‘पहिरोको डर सहेर बाँच्न लेखेको रहेछ, के गर्ने अरू विकल्प रहेन,’उनले गुनासो पोखे, ‘सम्पत्ति भए बजारतिर जग्गा किन्थें।’ आर्थिक अभाव झेलिरहेका यहाँकासय परिवार अन्य स्थानमा जान नसक्दा जोखिम मोलेर पहिरोमुनि बस्न विवश छन्।

सरकारले सुरक्षित स्थान उपलब्ध गराए टहरो हाल्ने उनीहरूको योजना छ। हिमाली गाउँघुम्थाङमा भूकम्पको पराकम्पले टुक्रिएका पहाड झर्ने क्रम अझै रोकिएको छैन। ‘अहिले त यस्तोडर मर्नु छ, बर्खामा कसरी बस्ने होला,’ स्थानीय संगिनी पाख्रिनले भनिन्, ‘बरु एकैपटकझ्याप्पै मर्दा आनन्द होला जस्तो लाग्छ।’ खिम्बुमा भूकम्पअघि झन्डै तीन सय परिवारकोबसोबास थियो। जोखिममा परेका भूकम्प विस्थापितलाई स्थानान्तरणगर्न विशेष पहल थालिएको व्यवस्थापन बसोबास आयोग सिन्धुपाल्चोकका अध्यक्ष शम्भुबहादुरतिमल्सिनाले बताए।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।