काठमाडाैं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहोर्याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनुभयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताउनुभयो ।





