राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : पूर्वअर्थमन्त्री लोहनी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : पूर्वअर्थमन्त्री लोहनी

काठमाडाैं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।
अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगेपनि लगानी आकर्षित नहुने चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसकेपनि अझै बढी भइरहेको गुनासो आउने गरेको बताउनुभयो । नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहेपनि प्रयोग हुन नसकेको बताउनु भयो । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौति रहेको उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै संकटको घडी भएको जिकिर गर्नुभयो । राष्ट्रबैंकमा अहिलेसम्म नेपालीहरुको धेरै विश्वास रहेको र राष्ट्रबैंक धरै राजनीतिकरण नभएको संस्था भएको बताउनुभयो ।

Leave a Reply