मेलम्चीवासीकाे माग पुरा गर्न सरकार तयार | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

मेलम्चीवासीकाे माग पुरा गर्न सरकार तयार

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध अन्त्य गर्न सरकार र आन्दोलरत पक्षबीच सहमति भएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन अनुसार मंगलबार रातिसम्म गरेको छलफलमा आन्दोलनरत सरोकार समूहसँग गरिएको वार्ता सफल भएको हो ।

वार्तापछि दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको बताइएको छ । समझदारीसँगै २० कात्तिकदेखि अवरुद्ध मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौँ उपत्यकामा ल्याउन बाटो खुलेको छ । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतले कात्तिक २० देखि गरेको मेलम्चीकाे खानेपानी काठमाडौँ पथान्तरण बन्द खुल्ने भएको छ ।

मंगलबार राति भएको सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावालजस्ता विभिन्न सरोकारवालाबाट समय–समयमा
राखिएका माग सम्बोधन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ।

समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पीडित पक्षका तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यसलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ ।

Leave a Reply