मलेसिया–थाइल्याण्ड समुन्द्री सीमामा एक सय कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु भएको छ । १३ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । मलेसियाली समुन्द्री प्रवर्तन एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि खोज र उद्धार अभियान २५५.६६ वर्ग समुद्री माइलसम्म विस्तार गरिएको छ । देशको तटरक्षक एजेन्सीले समुन्द्री प्रहरी, रोयल मलेसियाली नौसेना, अग्नि तथा उद्धार विभाग, मत्स्य पालन विभाग र नागरिक रक्षा बलसँग सहकार्य गरिरहेको बताएको छ ।
जसमा धेरै जहाज र विमानहरू प्रयासमा प्रतिवद्ध छन् । मलेसियाली अधिकारीहरूले लगभग ३ सय कागजात नभएका आप्रवासीहरू ठूलो जहाजमा चढेर म्यानमारबाट प्रस्थान गरेका थिए । ठूलो जहाज मलेसियाली समुन्द्री सीमा नजिक पुग्दा, अधिकारीहरूले पत्ता लगाउनबाट बच्न आप्रवासीहरूलाई तीन साना डुङ्गामा विभाजन गरिएको थियो । १ सय जनासम्म सवार यी मध्ये एउटा डुङ्गा तीन दिनअघि पल्टिएको थियो । अन्य दुई डुङ्गाको स्थिति अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।




