भ्रष्टाचार र कानुनी दण्डहिनताले लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

भ्रष्टाचार र कानुनी दण्डहिनताले लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर प्रहार

नेपालमा ठगी र भ्रष्टाचार पुरानो समस्या भए पनि पछिल्ला केही वर्षदेखि यसको स्वरूप थप जटिल र गम्भीर बनेको छ । राजनीतिक क्षेत्रमा सत्ता र शक्तिको दुरुपयोग, झूटा प्रतिबद्धता, बजेट अनियमितता र कानूनी दण्डहीनताका रूपमा ठगीले डेरा जमाएको छ, जसबाट लोकतान्त्रिक मूल्य र मान्यता कमजोर हुँदै गएको छ ।

 

नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक संरचनामा ठगी र भ्रष्टाचारको समस्या पुरानो हो, तर विगत केही वर्षदेखि वर्षहरूमा यसको प्रकृति झनै जटिल र गम्भीर बन्दै गएको छ । राज्य, राजनीति, उद्योग र निजी क्षेत्रमा भइरहेका ठगीका घटनाहरूले आमसर्वसाधारणले राज्यप्रति भरोसा घटाइरहेका छन् भने समग्र विकास प्रक्रियालाई समेत बाधा पुर्याइरहेको छ । यस्ता नकारात्मक गतिविधिहरूले राज्यका संयन्त्रहरुलाई नै कमजोर बनाइरहेको छ ।

राज्य र राजनीतिक क्षेत्रमा ठगीको स्वरूप सत्ता र शक्तिको दुरुपयोगमार्फत् देखिन्छ । निर्वाचनको बेला गरिने झूटा प्रतिबद्धता, जनताको विश्वासमा खेलवाड, विकासको नाममा बजेटको अनियमितता, पदको दुरुपयोगलगायत सबै राजनीतिक ठगीका उदाहरण हुन् । यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्यलाई क्षति पुर्याएको छ, यस्ता गतिविधिमा संलग्नहरु कानूनको दायरामा आएको देखिदैन । कोही आएका छन् भने पनि सत्ता र शक्तिको दूरुपयोग गरी छुटाइएको घटनाहरु दोहोरिएका छन् ।

उद्योग र व्यापार क्षेत्रमा पनि ठगीको व्यापकता देखिन्छ । उपभोक्तालाई ठग्ने उद्देश्यले गरिने गुणस्तरहीन सामानको उत्पादन र बिक्री, कर छल्ने, बैंकिङ प्रणालीको दुरुपयोग गर्ने र शेयर बजारमा देखिने अनियमितता, यी सबै यस्ता उदारहण हुन्, जसले आर्थिक प्रणालीमाथि नै प्रश्न उठाएका छन् । कतिपय उद्योगपति र व्यवसायी ठगहरुको विगविगीका कारण बाध्य भइ राजनीतिक शरणमा गएको देखिन्छ ।

निजी क्षेत्र, विशेषतः रोजगारीका अवसरका नाममा ठगी, अनलाइनमार्फत् हुने फ्रड, शैक्षिक संस्थाबाट हुने शोषण तथा इन्भेस्टमेन्ट स्किमको नाममा गरिने आर्थिक ठगी जस्ता समस्याले सर्वसाधारणको जीवनमा प्रत्यक्ष असर पारिरहेका छन् । प्रविधिको विस्तारसँगै ठगीका नयाँ तरिका जन्मिएका छन्, जुन पुराना कानूनी संरचनाले समेट्न सक्ने अवस्था छैन । यस्ता समस्याहरुको समाधानका लागि राज्य संयन्त्रमा पारदर्शिता र जवाफदेहिताको स्तर बढाउनुपर्छ । राजनीतिक दलहरूले भित्री अनुशासन सुधार्नु अत्यन्त जरुरी छ । अपराधमा संलग्न नेता होस् वा कर्मचारी दोषीलाई कडा कानूनी कारबाही हुनुपर्छ ।

नियामक निकायहरूलाई पूर्ण रूपमा स्वतन्त्र, सक्षम र चुस्त बनाउनुपर्छ । बैंक, सेयर, उद्योग, अनलाइन कारोबार जस्ता क्षेत्रहरु नियमनकारी संस्था हुन् तर कार्यान्वयनमा कमजोरी छ । ती निकायहरूमा प्राविधिक दक्षता र इमानदार नेतृत्व आवश्यक छ । आर्थिक क्षेत्रमा गुणस्तरहीन वस्तु उत्पादन, कर छली, बैंकिङ र शेयर बजारमा अनियमितता र राजनीतिक संरक्षणमा चल्ने ठगी प्रवृत्तिले आर्थिक प्रणाली नै कमजोर पारेको छ । ठगीका धन्दाबाट राज्य, राजनीतिक क्षेत्र, औद्योगिक र व्यवसायिक क्षेत्रलाई जोगाउन अति आवश्यक छ ।

प्रविधिको विस्तारसँगै नयाँ किसिमका ठगी बढेका छन्, जुन पुराना कानूनी संरचनाले समेट्न नसक्ने स्थिति छ । समाधानका लागि राज्य संयन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउन, राजनीतिक दलमा अनुशासन ल्याउन, अपराधीलाई कानूनी कारबाही गर्न, नियामक निकायहरूलाई स्वतन्त्र र सक्षम बनाउन तथा इमानदार नेतृत्व सुनिश्चित गर्न आवश्यक छ ।

Leave a Reply