त्रिभूवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

त्रिभूवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं । कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभूवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघले  विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो ।

संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ । निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाडौं उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिनुभयो ।

उहाँले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरमा ल्याएर निर्माण कार्य सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्नुभयो । उहाँले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासीलाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराउनुभयो ।

त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताउनु भयो । उहाँले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको उहाँको भनाइ छ । उहाँले समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई सधै सुमधुर राख्नुपर्नेमा पनि जोड दिनुभयो ।

त्रिभूवन विश्वविद्यालयकाका उपकुलपति प्रा. डा. दीपक अर्यालले विद्यार्थी र निर्माण व्यवसायीसंगको छलफल र वार्ताको माध्यामबाट समाधान निकाल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विद्यार्थीमाथी पनि कुटपिट भएकोले दवबै घटनामा संलग्नलाई कारबाही गर्ने बताउनु भयो । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयको बीचमा निर्माण हुन लागेको चमेना गृह निर्माण परियोजना विद्यार्थीहरूको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ । साउनदेखि शुरु गरिएको निर्माण प्रक्रियामा विद्यार्थीले रुख नकाट्न र सो क्षेत्रमा नबनाउन त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए । गत मंगलवार सोही विषयलाई लिएर विद्यार्थी र निर्माण व्यवसायी बिच झडपको स्थिति सृजना भएको थियो ।

Leave a Reply