दोलखामा हिमपहिरोका कारण ७ जनाको मृत्यु,हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

दोलखामा हिमपहिरोका कारण ७ जनाको मृत्यु,हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

काठमाडौ ।
दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको मृत्यु भएको थियो ।

८ जनाको सकुशल उद्धार गरिएको दोलखा प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक छन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले पर्वतारोहीको उद्धार गरेका हुन् । हिमपहिरो जाँदा बेसक्याम्पमा १५ जना थिए ।यलुङ री हिमाल गौरिशंकर गाउँपालिका–९ मा पर्छ । सो हिमाल ५ हजार ६३० मिटर अग्लो छ ।

 

 

Leave a Reply