काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बुधबार दिउँसो बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।
निर्णय अनुसार कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट विषयक कार्यक्रममा कात्तिक १७ देखि २० गतेसम्म सहभागि हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण स्वीकृत गरेको छ ।
यस्तै, नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानीमा र एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।





