दुर्गा प्रसाईँद्वारा घाेषित आन्दाेलनबारे मानव अधिकार आयोगकाे चासाे | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

दुर्गा प्रसाईँद्वारा घाेषित आन्दाेलनबारे मानव अधिकार आयोगकाे चासाे

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ । आयोगले बुधबार प्रसाईसँग छलफल गरी  मंसिर ७ गतेदेखि आन्दोलन गर्न उहाँले गरेकाे घोषणाका बारेमा चासो राखेको हो ।

आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिनुभयो । उहाँले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गर्नुभयो ।

उहाँले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन गर्नका लागि आन्दोलन गर्न लागेको पनि बताउनुभयो ।

उहाँले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गर्नुभयो ।

आन्दोलनका बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उहाँले जानकारी दिनुभयो । उहाँले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गर्नुभयो ।

Leave a Reply