काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ । नेपालीहरूको दोस्रो महान चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै कार्यवाहक सभापति खड्काले यस विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको छ ।
उहाँद्वारा जारी शुभकामना सन्देशमा तिहार, अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक, सामाजिक र मानवीय सम्बन्धहरूमा सौहार्दता र आत्मीयता कायम गर्दै दिदीबहिनी र दाजुभाइहरुबिच तथा आफन्तहरू बिचमा सुमधुर सम्बन्ध विकसित गर्न सघाएको उल्लेख छ ।
उहाँको उदारता, समर्पण र योगदानको कदर गरेर सम्मान स्वरूप उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मानित गरेको उहाँको भनाइ छ । नेपाल सम्वतले हामीलाई आफ्नो मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्धन गर्न निरन्तर प्रेरित गरिरहेको छ ।
उहाँले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकको रुपमा मनाइने तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।






