जेन-जी आन्दोलनमा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्नु सरकारको प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

जेन-जी आन्दोलनमा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्नु सरकारको प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर गर्नुभयो । उहाँले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको बताउनुभयो।

६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेको जिकिर गर्नुभयो । यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको दाबी गर्नुभयो । कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीहरुको मौलिक संस्कृति भएको बताउनुभयो ।

तसर्थ कुनैपनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन आह्वान गर्नुभयो । शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले यस वर्ष हामी परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको दाबी गर्नुभयो ।

Leave a Reply