टर्कीको औद्योगिक केन्द्रबिन्दुमा खडेरी, आपतकालीन उपायहरू लागू | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

टर्कीको औद्योगिक केन्द्रबिन्दुमा खडेरी, आपतकालीन उपायहरू लागू

एजेन्सी । देशको सबैभन्दा बढी जनसंख्या भएको र औद्योगिक केन्द्र उत्तरपश्चिमी टर्कीको मारमारा क्षेत्रमा गम्भीर खडेरी परेको छ । जसले गर्दा पानीको स्तर रेकर्ड न्युनतम स्तरमा पुगेको छ । प्रमुख शहरहरूमा आपतकालीन उपायहरू अपनाइएको छ ।

मारमारा समुन्द्रको दक्षिणमा रहेको प्रमुख क्षेत्रीय केन्द्र बुर्सामा रहेको जलाशययुक्त पानी भण्डार एक वर्ष अघिको २३ प्रतिशतबाट ०.६७ प्रतिशतको रेकर्ड न्युनतम स्तरमा झरेको छ । हालै गरिएको एक अध्ययनले उलुदाग पर्वतमा रहेका १० प्राकृतिक मुहानहरूमध्ये आठ सुकेको देखाएको छ । बाँकीले ८० प्रतिशतले प्रवाहमा गिरावट देखाएको छ ।

बुर्सा पानी तथा ढल निकास प्रशासनले ६ जिल्लाहरूमा १२ घण्टा पानी कटौती शुरु गरेको छ । आवश्यक सुविधाहरूलाई बचाउँदै यो कदमले दैनिक लगभग १ लाख घनमिटर वचत गर्ने अपेक्षा गरिएको छ । उर्वर भूमि र प्रशस्त वर्षाका लागि परिचित उत्तरी मारमारा क्षेत्रले पनि तिब्र अभावको सामना गरिरहेको छ ।

किर्कलारेली, एडिर्ने र टेकिर्डागका १४ बाँधहरूमा पानीको स्तर क्षमताको २६ प्रतिशत मात्र झरेको छ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा, जलाशयको स्तर ऐतिहासिक न्युनतममा झरेको छ । धेरै बाँधहरू १० प्रतिशत वा सोभन्दा कम क्षमतामा छन्।

समग्र भण्डारण २४.९ प्रतिशत रहेको छ । इस्तानबुल पानी तथा ढल निकास प्रशासनले  बताएअनुसार २०२५ मा मारमारालाई असाधारण मौसमी खडेरीको क्षेत्रको रूपमा वर्गीकृत गरिएको छ । कम वर्षा र जलाशयको प्रवाहले सतह–पानी–निर्भर पिउने पानी प्रणालीमा भारी तनाव दिएको छ ।

Leave a Reply