प्रधानमन्त्री, पूर्वराष्ट्रपति र पूर्वराजाकाे पनि सम्पत्ति छानबिन गराैँ : वाइिसएल | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

प्रधानमन्त्री, पूर्वराष्ट्रपति र पूर्वराजाकाे पनि सम्पत्ति छानबिन गराैँ : वाइिसएल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानविन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्की पनि सम्पत्ति छानविन हुनुपर्ने जिकिर गरेको हो ।

अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पत्ति छानविन गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिनुभयो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेट अनुसार काम नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

Leave a Reply