काठमाडाैं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको साढे दुई लाखमाथि, आज छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।





