निर्वाचन हुने अवस्था छैन : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

निर्वाचन हुने अवस्था छैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।

बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गर्नुभएको हो ।

अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताउनुभयो । उहाँले सरकार असंवैधानिक र अवैध भएको पनि दोहोर्याउनु भयो ।

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

Leave a Reply