अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन: उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन: उपेन्द्र यादव

काठमाडाैं,

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गर्नुभएको छ ।जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको बताउनुभएको हो । उहाँले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताउनु भयो । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गर्नुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उहाँको भनाई थियो । यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरुसँग छलफल र बहस गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले संविधान पुनःलेखनको जरुरी रहेको बताउनु हुँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताउनु भयो । मध्यावधि निर्वाचन पूर्व नै  संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply