काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्व वोध गराएको गराउनुभएकाे हाे ।
भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उहाँको भनाइ छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उहाँले बताउनु भयो ।विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले संविधान, राष्ट्रिय नीति तथा कानूनहरुले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरु क्रियाशिल रहेको उहाँको भनाइ छ । उहाँले बाढी तथा डुवानजस्ता जोखिमहरुको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्वभ नभएको बताउँनु हुँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । विपद् जोखिम न्यूनीकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । नीति निर्माणदेखि कार्यन्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उहाँले बताउनुभयो





