काँग्रेस फेरि उठ्छ, लोकतन्त्रलाई कमजोर पार्ने शक्तिहरु सफल हुँदैनन् : प्रवक्ता महत | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काँग्रेस फेरि उठ्छ, लोकतन्त्रलाई कमजोर पार्ने शक्तिहरु सफल हुँदैनन् : प्रवक्ता महत

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने बताउनुभएको छ । आइतबार  निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताउनुभयो । काँग्रेस पुनः माथि उठ्ने बताउनुभयो । भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताउनुभयो । पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गर्नुभयो ।

प्रवक्ता महतले राजनीतिक दलहरुलाई थङथिलो पार्ने षड्यन्त्र अनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताउनुभयो । काँग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताउनुभयो । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा काँग्रेसले गम्भीर चिन्तन गर्ने बताउनुभयो ।

Leave a Reply