आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त

काठमाडाैं । आइजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रविन्द्र ढाँटलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ।

दश वर्षभन्दा बढीको अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको जय मातादीको आइजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व रविन्द्र ढाँटलाई आधिकारिक ब्रान्ड एम्बासेडरमा नियुक्त गरेको छ।

रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र इमानदार व्यक्तित्वले कम्पनीको ‘गुणस्तर, स्थायित्व र विश्वास’ भन्ने मूल्यमान्यतालाई अझ मजबुत गर्ने बिश्वास कम्पनीले लिएको छ।

यस सहकार्यसँगै कम्पनीले अब केवल पाइप मात्र होइन, टिकाउ भविष्य र आधुनिक संरचनाको प्रतीक बन्ने यात्रामा अझ अघि बढ्ने बताएको छ।

Leave a Reply