काठमाडौ ।
अर्थमन्त्री रामेश्वर खनाल बुधबार दिउँसो विराटनगर विमानस्थल ओर्लिएका छन। विमानस्थल मा उनले भीआईपी कक्ष प्रयोग गरेनन् । उनी सर्वसाधारणकै लाइनबाट विमानस्थलबाट बाहिरिए ।
विराटनगर भन्सार कार्यालयको कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री खनालले विमानस्थबाट बाहिरिने क्रममा भीआईपी गाडी चढेनन् । उनी सामान्य निजी नम्बर प्लेटको गाडी चढेर गन्तव्यतिर लागे ।मन्त्री खनाललाई स्वागत गर्न विमानस्थलसम्म विराटनगरका केही उद्योगी–व्यवसायी पुगेका थिए ।




