नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहाल : 'महाधिवेशनसम्म सबै हल हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहाल : ‘महाधिवेशनसम्म सबै हल हुन्छ’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो ।

नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उहाँको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उहाँको दाबी छ । गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ ।

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधबार माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।

Leave a Reply