काठमाडाैं । नेपालीहरुको महान चाड विजया दशमी नजिकिँदै गर्दा राजधानी बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ । दशैँ मनाउन घर जानेहरुको संख्या बढेसँगै राजधानीबाहिरिने नाकाहरुबाट सवारी साधनको चाप पनि बढेको हो ।
थानकोट, जडिबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारीको चाप दिनानुदिन बढ्दै गएको छ । असोज १ गतेदेखि नै दैनिक हजारौँ मानिसले राजधानी छाडेर दशैँ मनाउन गाउँघरमा जान थालेका छन् । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा सवारीसँगै यात्रुहरुको पनि ठूलो भीडभाड लाग्ने गरेको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।
फूलपातीको दिनसम्म राजधानीबाट मानिसहरु बाहिरिने संख्यामा चाप हुनेछ । यातयात व्यवसायीहरुले दशैँका लागी अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । दशैँका लागि अग्रिम टिकट बुकिङ नहुँदा कतिपय यात्रुहरुले सास्ती समेत खेप्नुपरेको छ । यस वर्ष दशैँको टीका असोजको १६ गते रहेको छ ।





