काठमाडाैं । जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरिएको छ । अन्तरिम सरकारले सिंहदरबारभित्र जेन जी आन्दोलनकारीले जलाएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पत्तिमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनी भएका सवारीसाधनहरु नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ ।





