सुनको मूल्यले नयाँ कीर्तिमान,तोलामा २ लाख १७ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सुनको मूल्यले नयाँ कीर्तिमान,तोलामा २ लाख १७ हजार नाघ्यो

काठमाडौ ।
मंगलबार सुनको भाउ १ हजार ९०० रुपैयाँ बढेकोसगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।
सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।

 

Leave a Reply