काठमाडौं । गृहमन्त्रालयले जेन-जी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै राष्ट्रिय शाेक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्नुभएकाे हाे।
शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रिपरिषदकाे बैठकले निर्णय लिने उहाँकाे भनाइ छ ।
आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ
शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने व्यवस्था गरिने गृहमन्त्री अर्यालकाे भनाइ छ ।





