घाइतेहरूकाे नि:शुल्क उपचार गर्न प्रधानमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

घाइतेहरूकाे नि:शुल्क उपचार गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनमा घाइतेहरूकाे नि:शुल्क उपचार गर्न निर्देशन दिनुभएकाे छ । आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले अस्पतालमा उपचाररत घाइतेहरूकाे नि:शुल्क उपचार गर्न निर्देशन दिनुभएकाे हाे ।

प्रधानमन्त्री कर्कीले आन्दाेलनमा मारिएकाहरूलाई शहीद घाेषणा गरेर क्षतिपूर्तिकाे व्यवस्था गर्ने बताउनुभयाे । मृतकका परिवारलाई दश-दश लाख क्षतिपूर्ति दिने उहाँकाे भनाइ छ ।

प्रहरीले दिउकाे पछिल्लाे जानकारी अनुसार आन्दाेलनमा मारिनेहरूकाे संख्या ५० भन्दा बढी पुगेकाे छ । आन्दाेलनमा जलेका भाटभटेनीलगायत विभिन्न भवनहरूमा मृतकहरू भेटिने क्रम जारी रहेकाले मारिनेकाे संख्या अझै बढ्न सक्ने प्रहरीकाे भनाइ छ ।

Leave a Reply