काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीले आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले नक्सालस्थित शहीद स्मारकमा माल्यर्पण गर्नुभएकाे थियाे ।






